चेकजाँचका क्रमामा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा भेटियाे
नेपालखोज
२०८२ वैशाख १७ गते १३:०६

काठमाडौं । धनकुटा बाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउंपालिका– ६ नमस्ते झरना स्थित कोशी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन वेश मुलघाटको चेक प्वाईन्ट डिउटीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको थियो ।
को २ प १७३४ नम्बरको कार भागेपछि पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकी चालक फरार भएको अवस्थामा नियन्त्रणमा लिएको र चेकजाँच गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा फेला परेको हो ।
कार र बरामद गाँजा थप कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया