रेशम चौधरी पक्राउ

नेपालखोज २०८२ वैशाख १७ गते १३:२९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो । 

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि घोषणा सभा हुने तयारी भइरहेका बेला प्रज्ञा भवनबाट चौधरी पक्राउ परेका हुन् । टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जनाइएकाे छ ।

सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा रहेका दुई पार्टीबीच आज एकता हुँदै छ ।

प्रतिक्रिया