सुनसरीबाट ७८३ किलो गाँजा सहितको ट्रक सशस्त्र प्रहरिको नियन्त्रणमा

काठमाडौं । बैशाख १७ गते सुनसरी बाट सशस्त्र प्रहरी बलले ७८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेश धरानको संयुक्त सुरक्षाफौजले गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको हो ।
धरान उप-महानगरपालिका-१३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गांजा सहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका हरुलाई गाँजा र ट्रकसहित आवश्यक कारवाहिको लागि बुधबार राती जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ । यस अघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गाँजा सहितको कार नियन्त्रणमा लिएको थियो ।
यसैगरी सोही ठाउँबाट केराबारी पोल्टी र्फम प्रालिको बिल उल्लेख गरी १५० बोरा मल ल्याउदै गरेको ना ५ ख ३२०९ नम्बरको ट्रकलाई शंकालागी चेकगर्दा ट्रक भित्र अन्य सामान नभए पनि फल्स बटम बनाएको देखिएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको छ ।

प्रतिक्रिया