शुक्रबार, वैशाख १९, २०८२

भाजपाका विदेश विभागका प्रमुख चौथाइवा र अध्यक्ष दाहालबीच भेट

नेपालखोज २०८२ वैशाख १८ गते १७:३८


काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा।विजय चौथाइवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएका छन् ।

भाजपाका विदेश विभागका प्रमुख चौथाइवाले बिहीबार अध्यक्ष दाहाललाई उनकै निवासमा गएर भेटेका हुन् ।

हालै भारत कश्मिर पलगाममा भएको आतकंकारी हमलाको बारेमा अध्यक्ष दाहालले चिन्ता जाहेर गरेका थिए । विदेश विभाग प्रमुख चौथाइवाले पनि आतंकवादको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया