बिहीबार, वैशाख १८, २०८२

प्रधानमन्त्री ओलीले बाेलाएकाे बैठकमा अध्यक्ष दाहाल अनुपस्थित

नेपालखोज २०८२ वैशाख १८ गते १९:१७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् । 

सिंहदरबारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बोलाइएको थियो । संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो ।

ओली र देउवाले सिंहदरबारमा छलफल थाले पनि प्रचण्ड भने सहभागी छैनन् । प्रचण्ड नगए पनि ओली र देउवाकाे छलफल जारी रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया