शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति विद्यालय कर्मचारीकाे असन्तुष्टि, चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै नेपाल विद्यालय कर्मचारी परिषदले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
विद्यालय कर्मचारी परिषदले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो । जसअनुसार बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालो पट्टी बाधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते सवै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनका बारेमा जानकारी गराउने र जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने परिषद्ले जनाएको छ ।
त्यस्तै जेठ ६ गते शिक्षा बिकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते सातवटै प्रदेशमा ध्यानाकर्षण पत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौंमा सडक आन्दोलन गर्ने परिषद्ले जानकारी दिएको छ ।
याे समयभित्र आफ्ना मागहरु पुरा नभए दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले विद्यालय कर्मचारीको मागलाई पूर्णरुपमा वेवास्ता गर्दै शिक्षकहरुले आफ्ना माग मात्रै पुरा हुने गरि सहमति गरेकाले असन्तुष्टि रहेको उल्लेख गरे ।
प्रतिक्रिया