शनिबार, वैशाख २०, २०८२

भारतसँग तनाव बढ्दै जाँदा खाद्यान्न भण्डारण गर्न पाकिस्तानी काश्मीरको आदेश

नेपालखोज २०८२ वैशाख १९ गते १७:४९

काठमाडौं । गत महिना भएको घातक आक्रमणपछि कट्टर प्रतिद्वन्द्वीबीच तनाव बढेपछि पाकिस्तान प्रशासित काश्मीरले यस क्षेत्रको भारतीय पक्षसँगको वास्तविक सीमा नजिकका बासिन्दालाई शुक्रबार खाना भण्डारण गर्न आह्वान गरेको छ ।

भारतले अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगामको पर्यटन स्थलमा सर्वसाधारणमाथि बन्दुकधारीहरूले गरेको आक्रमणका लागि पाकिस्तानलाई दोष दिएको छ । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । इस्लामाबादले उक्त आरोप अस्वीकार गरेको छ ।

क्षेत्रीय सरकारले १३ वटा निर्वाचन क्षेत्रमा खाद्यान्न, औषधि र अन्य सबै आधारभूत आवश्यकताको आपूर्ति सुनिश्चित गर्न एक अर्ब रुपैयाँ (३५ लाख डलर) को आपत्कालीन कोष पनि सिर्जना गरेको उनले बताए ।

एलओसीका छेउछाउका क्षेत्रमा सडक मर्मत सम्भारका लागि सरकारी र निजी स्वामित्वको मेसिनरी पनि तैनाथ गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया