शनिबार, वैशाख २०, २०८२

गोवाको एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २० गते १३:२९

काठमाडौं । भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको ज्यान गएको छ ।

आगो बाल्न हजारौं मानिसभेला भएका भागदौड मच्चिएको हो । भागदौडमा कुल्चिएर ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

शुक्रबार साँझ जात्रामा भाग लिन ठूलो सङ्ख्यामा भक्तजन मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिस लडेका थिए । त्यसपछि भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया