सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र चरित्र हत्या नियन्त्रण गर्ने कानुन ल्याउन सरकारलाई मुख्यमन्त्री कार्कीकाे आग्रह

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना प्रवाह र व्यक्तिगत चरित्र हत्या नियन्त्रण गर्न संघीय सरकारलाई चाँडै कानुन ल्याउन आग्रह गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिववसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारको प्रयोग संविधान र कानुनको दायराभित्र रहनुपर्ने समेत बताए । उनले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र दोषारोपणले सामाजिक सद्भाव र सहिष्णुता खल्बलिएको हुनाले सामाजिक सञ्जालसम्बन्धी कानुन अत्यावश्यक रहेको धारणा राखे ।
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा १ लाख रुपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ भने २५ हजार रुपैयाँ राशिको प्रोत्साहन पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा ६० वर्ष नाघेका वरिष्ठ पत्रकार यज्ञ शर्मालाईसम्मान गरिएको थियो ।
प्रतिक्रिया