आइतबार, वैशाख २१, २०८२

थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २० गते १४:५५

काठमाडौं । दक्षिणी थाइल्यान्डमा विद्रोहीबाट प्रभावित एक बन्दुकधारीले एक बालकसहित तीन जनाको हत्या गरेको अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार लामो विद्रोहबाट प्रभावित थाइल्यान्डको नरथिवाट प्रान्तको टाक बाई जिल्लाको आवासीय क्षेत्रमा शुक्रबार राति आक्रमणकारीले गोली चलाउँदा नौ वर्षीया बालिका र एक जना वृद्धासहित तीन जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।

एकजना पीडितको घटनास्थलमै मृत्यु भएको र अन्य दुईको जना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी अधिकारी वाताना थुरारतलेलाई उदृत गर्दै एएफपीले जनाएको छ । उनले आक्रमणकारी विद्रोही समूहसँग सम्बन्धित रहेको आशंका प्रहरीले गरेको वाताउनाले बताए ।

थाइल्याण्डको दक्षिणका नाराथिवत, पट्टानी र याला प्रान्तमा धार्मिक पृथकतावादीले सन् २००४ पछि अहिलेसम्म सात हजार भन्दा बढी मानिसको हत्या गरेको जनाएका छन् ।

प्रतिक्रिया