मेलम्चीमा बाढी आयो, काठमाडौंमा पानी वितरण बन्द

काठमाडौं । वर्षाका कारण मेलम्चीमा बाढी आएसँगै काठमाडौंमा पानी आपूर्ति बन्द गरिएको छ । मेलम्चीमा बाढी आएर पानी धमिलिन थालेपछि तत्कालका लागि काठमाडौंमा पानी वितरण बन्द गरिएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले पानी धमिलो आएपछि काठमाडौंमा वितरण बन्द गरिएको जानकारी दिए ।
धमिलो पानीलाई फिल्टर गने क्यापासिटी ट्रिटमेन्ट प्लान नहुँदा पानी डाइभर्ट गर्नुपरेको र वर्षा रोकिएसँगै केहि दिनमा पानी पुनः वितरण सुरु गरिने केयूकेएलले जनाएको छ । मेलम्ची नदीमा पानीको बहाव पनि बढेकाले खानेपानी आयोजनाको संरचनामा क्षति पुग्नबाट रोक्न पानी बन्द गर्नुपरेको केयूकेएलको भनाई छ ।
केही दिनपहिले पनि वर्षा हुँदा केयूकेएलले पानी वितरण बन्द गरेको थियो । क्षेत्रपाटी, महांकाल, भक्तपुर, मध्यपुर ठिमी, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौवटा शाखाबाट पानी वितरण हुन्छ ।
प्रतिक्रिया