इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

तेल अभिभ । यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् । यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।
तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै क्षेप्यास्त्र प्रहार भएको सेनाले बताएको छ । यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छः यहाँ धेरै चौडा र कैयाँं मिटर मिटर गहिरो खाडल बनेको छ । प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ ।
एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् । क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरु भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अहिले विमानस्थल खुला गरी र आवागमन भइसकेको छ ।
इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिँदै भनेका छन्, जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौँ । यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् ।
शनिबार हुथी विद्रोहीसमूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो । सन् २०२३ मा गाजा युद्ध सुरु भएयता हुथी विद्रोहीले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र इजरायली हवाई सुरक्षा बलले रोकेका छन् ।
प्रतिक्रिया