कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखोज २०८२ वैशाख २१ गते १७:०५

रौतहट । चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा हेटौडाबाट चपुरतर्फ आउँदै गरेको बा.६ च ३५२६ नम्बरको कारले चपुरबाट निजगढतर्फ जाँदै गरेको ना.३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक गरूडा नगरपालिका-३ मलाहिटोल बस्ने ६० वर्षीय बलिराम सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित हाइवे ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि एलएस न्यूरो अस्पताल बारातर्फ पठाइएको छ ।

प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया