यू–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ
नेपालखोज
२०८२ वैशाख २२ गते २०:१२

काठमाडाैं । यू–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विदाई गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई विदाई गरेका हुन् ।
सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोवलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे । उनले आफु एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगाएतका सरोकार निकायसँग इमान्दार भएर काम गर्ने प्रतिवद्धता गरे ।भ्रष्टाचारीहरुले लगाएका आरोपहरुलाई कहिल्यै पनि सत्य हुन नदिने प्रतिवद्धता उनले जनाए ।
यू–१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ’ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह ‘बी’मा छन् ।
सम्बन्धित
प्रतिक्रिया