‘नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य छैन’

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै उत्साह, रौनक र उद्देश्य नभएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अहिलेको विशिष्ट परिस्थितिलाई महसुस गर्न नसेको समेत टिप्पणी गरे ।
‘उनले नीति तथा कार्यक्रमले विश्वमा भइरहेको घटनाक्रमलाई अनदेखा गर्ने गरेको भन्दै प्रशान्त सागरको टापुजस्तो बाँकी विश्वसँग अनविज्ञ भएको बताए । अमेरिकामा डोनाल्ड ट्रम्पको निर्णयले ८० वर्षदेखि रुल्स बेस्ड इन्टरनेशनल अर्डर क्षतविक्षत भएको छ,’ उनले भने ।
अहिलेको सरकार निर्माण हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको उल्लेख गरे । ‘७ बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ,’ वाग्लेले भने ।

प्रतिक्रिया