बुधबार, वैशाख २४, २०८२

तोलामा एक हजार सात सयले बढ्यो सुन

नेपालखोज २०८२ वैशाख २४ गते ११:०४

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा एक हजार ७०० रूपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रूपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रूपैयाँमा बेचबिखन भइरहेको छ ।

मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९६५ रूपैयाँ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया