प्रदेशसभाको बर्खे अधिवेशन जेठ ४ गते २ बजे गरी आह्वान गर्ने निर्णय
नेपालखोज
२०८२ वैशाख २४ गते ११:४८

काठमाडाैं । मन्त्रिपरिषद्को बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको हाे ।
यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
सम्बन्धित
प्रतिक्रिया