‘धितोपत्र बोर्डले कमिसन मागेको विषयमा छानबिनका लागि सभामुखबाट रुलिङ होस्’
नेपालखोज
२०८२ वैशाख २४ गते १२:५२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलविद्युत आयोजनासँग धितोपत्र बोर्डले कमिसन मागिरहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा साना आयोजनासँग ५ र ठूलासँग ७ प्रतिशत कमिसन मागिरहेको ऊर्जा उत्पादक संघ (इप्पान)कै पदाधिकारीले बताइरहेको उनले उल्लेख गरेका हुन् ।
सापकोटाले भने, धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूलो आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्यो । यो निकै गम्भीर र दुःखदायी अवस्था हो ।’
सम्बन्धित
प्रतिक्रिया