लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३५६ एम्पुल, फेनारगन १४ एम्पुल र नोर्फिन ९८ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने रामेछाप घर भएका ३८ वर्षीय सुमन तामाङ र गोकर्णेश्वर नगरपालिका–५ दक्षिणढोका बस्ने दोलखा घर भएका ३२ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.१४ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारे बस्ने पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्पेन २० ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय एमन खापुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय ९६ एम्पुल, फेनारगन ३ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९६ एम्पुल, ट्रामाडोल २ हजार ९ सय ५० ट्याब्लेट र नाइट्राभेट ३ हजार ५ सय ४० ट्याब्लेट सहित रौतहट मौलापुर नगरपालिका–९ बस्ने ३२ वर्षीय सुनिल पटेल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५०२२ नम्बरको इभि गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ६ सय ३० ग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ सुकौरा बस्ने ३५ वर्षीय सुनिल बम्जन र दोलखा भिमेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीय बिजय थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.२६ प ३६७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २० वर्षीय सक्सेस बुढामगर र रूकुम पश्चिम चौरजहारी नगरपालिका–२ बस्ने २४ वर्षीय रमेश बुढाथोकी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको बिर्तामोड नगरपालिका–८ नारायण कृष्ण टोल डेरा गरी बस्ने कचनकवल गाउँपालिका–७ घर भएका २६ वर्षीय खड्ग सिंह माझी समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले माझीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
दाङको राप्ती गाउँपालिका–१ भालुबाङ पुल्चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५८० मिलिग्राम सहित सोही गाउँपालिका–२ बह्राखुट्टी बस्ने २० वर्षीया सरिता सार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे.१ ख ४३३२ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० चौराहाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की लेखनाथ नगरपालिका–११ बस्ने ३२ वर्षीय सागर नेपाली र स्याङ्जा पुतलीबजार नगरपालिका-९ बस्ने २३ वर्षीय सुजित नेपाली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले ग.१६ प ५२४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको गोदावरी नगरपालिका–१ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–४ घर भएका २२ वर्षीय रमेश नाथ र गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय पवन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपलिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ७० ट्याब्लेट र मोबाइल १ थान सहित कैलाली घर भएका ३१ वर्षीय निखिल भन्ने बसन्त राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले होटलको कोठा नम्बर ३ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीय मनोज विकलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ८ सय ९२ ट्याब्लेट, नाइट्रोसन ७० ट्याब्लेट र मोबाइल १ थान सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.०१–०२–०५५ प ४६३४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया