बिहीबार, वैशाख २५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख २४ गते १५:०४

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ कुइकेल चोकमा रोकि राखेको ना.७ प ३७९१ नम्बरको ट्याक्टरमा ना.२७ प ७५८२ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीया सुस्मा पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लार्हीको मलंगवा नगरपालिका-११ चमेली माईस्थित सडकमा सलेम्पुरबाट मलंगवातर्फ आउँदै गरेको बिआर ३० जे ९५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय सहमद अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको सबैला नगरपालिका-८ ठिल्लास्थित सडकमा म.प्र.०२-००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १८ वर्षीय अमन राय र मोटरसाइकलमा सवार विदेह नगरपालिका-७ जोगियारा बस्ने १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया