भारत-पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, सिमानामा कडाइ
नेपालखोज
२०८२ वैशाख २४ गते १६:०८

काठमाडाैं । भारत-पाकिस्तानबीच बढेको तनाब बढेपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो ।
नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
छलफलमा भारत पाकिस्तानको तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया