बिहीबार, वैशाख २५, २०८२

इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु, पाँच घाइते

नेपालखोज २०८२ वैशाख २४ गते १९:३१

जकार्ता । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा आज बिहान एक दुःखद दुर्घटना भएको छ, जहाँ बालुवा बोकिरहेको ट्रक र सानो बस आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

सिलाकाप जिल्लास्थित खोज तथा उद्धार कार्यालयका प्रमुख अब्दुल्लाहका अनुसार यो दुर्घटना बिहान करिब ११ः३० बजे बेनेर उपजिल्लाको कालिजाम्बे गाउँमा भएको हो ।

उनका अनुसार ट्रक उकालो चढ्ने क्रममा असफल भएपछि ब्रेक फेल भई पछाडि स¥यो र सानो बसमा ठोक्किएर त्यसपछि नजिकैको एक घरमा ठोक्किएको थियो ।

‘घटनापछि हाम्रो टोली तुरुन्तै घटनास्थलमा पुगेर उद्धार कार्य सुरु ग¥यो,’ अब्दुल्लाहले भने, ‘मृतक सबै जना सानो बसमा सवार यात्रुहरू थिए ।’ घाइते पाँचै जनाको उपचारका लागि पुरवोरेजो सामान्य अस्पतालमा लगिएको जानकारी पनि उनले दिए । रासस/सिन्ह्वा

प्रतिक्रिया