आइतबार, वैशाख २८, २०८२

प्रतिनिधिसभाको बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल

नेपालखोज २०८२ वैशाख २५ गते ८:०७

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन् ।

प्रतिक्रिया