जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न सांसद मोदीकाे माग
नेपालखोज
२०८२ वैशाख २५ गते ११:५६

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा सम्बन्धीत मन्त्री समेतको मिलोमतोको बिषय आएकाले छानविन गर्न माग गरेका हुन् ।
जगदुल्लाहको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्लाहका प्रमुखको मिलोमतो भएको उनले बताए ।
सांसद मोदीले जगदुल्लाको ठेक्का प्रक्रियाबारे सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियारमा समेत उजुरी पर्दा पनि सरकारको ध्यान जान नसकेकाले छानविन हुनुपर्ने उल्लेख गरे ।
सम्बन्धित
प्रतिक्रिया