बिहीबार, वैशाख २५, २०८२

आईआरजीडीडीद्धारा सगरमाथा संवाद सचिवालयमा रणनीतिक नीति सिफारिस

नेपालखोज २०८२ वैशाख २५ गते १२:२७

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वव्यापी कूटनीति संवाद (आईआरजीडीडी) द्धारा सगरमाथा संवाद सचिवालयमा रणनीतिक नीतिहरु सिफारिस गरेको छ ।

आईआरजीडीडीकी अध्यक्ष तथा नेपालका पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सिंहदरबारस्थित सगरमाथा संवाद सचिवालयका संयोजक राजकुमार श्रेष्ठलाई औपचारिक रूपमा रणनीतिक नीतिगत सिफारिसको दस्तावेज बुझाएकी हुन् ।
‘सगरमाथा संवाद २०२५ः नेपालको जलवायु कूटनीति र पर्वतीय उत्थानशीलताका लागि रणनीतिक सिफारिस’ शीर्षकका सिफारिसले गत अप्रिल ७ मा आईआरजीडीडीद्धारा आयोजित प्रि-सगरमाथा संवादको प्राप्त सल्लाह र सुझावहरु समेटिएको छ ।

साथै, उक्त प्रि-संवादमा विभिन्न क्षेत्रका विज्ञहरुले पर्वतीय कूटनीति, जलवायु वित्त, लचिलो जीविकोपार्जन र क्षेत्रीय सहयोगमा बलियो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यको लागि आह्वान गरिएको थियो ।

‘नेपालसग पर्वतीय जोखिम र जलवायु न्यायको विश्वव्यापी कुराकानीको नेतृत्व गर्ने अनौठो अवसर छ । यी सिफारिस नीतिलाई सूचित गर्न, वार्ता क्षमतालाई सुदृढ पार्न र सगरमाथा संवाद २०२५ र त्यसपछिका कार्यक्रमबाट अर्थपूर्ण परिणाम प्राप्त गर्न डिजाइन गरिएका हुन्,’ अध्यक्ष पराजुली ढकालले भनिन् ।

आईआरजीडीडी कूटनीति, संवाद र अन्तर्राष्ट्रिय सहयोगमार्फत विकासलाई अगाडि बढाउन नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ ।

प्रतिक्रिया