एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ ।
भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।
सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जस्तै गरी लिन सक्छन् । ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवा लिन सक्छन् ।
रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए । आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्नेछ ।
आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि संचालन गर्दै आएको छ ।
प्रतिक्रिया