बिहीबार, वैशाख २५, २०८२

अटोरिक्साले ठक्कर दिँदा बालकको मृत्यु, चालक फरार

नेपालखोज २०८२ वैशाख २५ गते २१:३५

अमरगढी (डडेल्धुरा) । आलिताल गाउँपालिका–८ गोदाम बजार नजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोरिक्साले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका चार वर्षीय विवेक विकको ज्यान गएको हो । बुडरबाट जोगबुढातर्फ जाँदै गरेको अटोरिक्साले पैदल हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो ।

विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अटोरिक्साका चालक भने फरार छन् ।

प्रतिक्रिया