शुक्रबार, वैशाख २६, २०८२

सुनकाे मूल्य घट्यो, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०८२ वैशाख २६ गते ११:०१

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला १ हजार ४०० घटेर १ लाख ९० हजार ८०० कायम भएको छ । बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० काराेबार भएकाे थियाे ।

त्यसैगरी, चाँदी १ हजार ९६० रूपैयाँमा काराेबार भएकाे छ । चाँदी मूल्य तोलामा एक हजार ९५५ मा खरिद-बिक्री भएको थियो ।

प्रतिक्रिया