आतंकवादको खिलापमा हुने कारवाही जायज भएको कांग्रेसकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसले आतंकवादको खिलापमा हुने कारवाही जायज भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले भारत-पाकिस्तावबीचको तनावका बारेमा छलफल गर्दै आतंकवादको खिलापमा हुने कारवाही जायज भएको निष्कर्ष निकालेकाे हाे ।
र्टी प्रवक्ता डा प्रकाशशरण महतले आतंकवादलाई कसैले पनि प्रशय नदियोस् भन्ने पक्षमा आफुहरु रहेको जिकिर गरे । महतले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको भन्दै दुईदेशबीचको तनाव युद्धको रुपमा परिणत नहोस् र शान्ति बहाल होस भन्ने पक्षमा रहेको बताए ।
बैठकले संक्रमणकालीन न्यायसंग सम्बन्धी आयोगको संरचनालाई पूर्ण बनाएर यसलाई छिटो टुङ्गाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले जानकारी दिए । संक्रमणकालीन न्यायसंग सम्बन्धी बिषयलाई निष्पक्ष ढंगले निष्कर्षमा पुर्याउने गरि आयोग अघि बढ्नुपर्ने निष्कर्ष रहेको उनले बताए ।
प्रतिक्रिया