शुक्रबार, वैशाख २६, २०८२

भारत र पाकिस्तानमा बस्ने नेपालीको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण : सभामुख घिमिरे

नेपालखोज २०८२ वैशाख २६ गते १३:४२

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहा बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराए । उनले याे देशमा बस्ने नेपालीहरुलाई पर्न सक्ने सम्पूर्ण समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न गराउन पनि उहाले ध्यानार्षण गराए

त्यसअघि बैठकमा सांसदहरुले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । साथै उनीहरुले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया