शुक्रबार, वैशाख २६, २०८२

राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद छैन : सचेतक बर्तौला

नेपालखोज २०८२ वैशाख २६ गते १७:१०

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केहि ढिलाइ भएपनि यस बिषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् ।

उनले केहिदिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दावी गरे । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उहाले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए

फरक प्रसंगमा बर्तौलाले संविधान बिपरित गतिविधि गर्ने जोकोहिलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया