हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ ।
भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरू बीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो ।
कम्पनीको अनुसार नयाँ क्रेटा भ्ख् (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ । धेरै मानिसलाई इभी लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ ।
तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले अब यस्तो चिन्ता गर्नु पर्दैन । हुन्डाईका ग्राहकहरुले भ्ख् होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रुपमा पाउनेछन् ।
यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ । यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २६ गते (९ मे २०२५) मा ईटहरी र विराटनगरको हुन्डाई नेपाल ईस्टर्न प्रा.लि. (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारीर आवश्यक सहयोग प्राप्त गरेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. र हुन्डाई नेपाल ईटहरी र विराटनगरको कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद दिएको छ । एक सफा र स्मार्ट भविष्य तर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउन कम्पनी प्रतिबद्ध छ ।
प्रतिक्रिया