सोमबार, वैशाख २९, २०८२

मोरङमा बाढीग्रस्त क्षेत्र पुनर्निर्माण गर्न सांसद पोखरेल माग

नेपालखोज २०८२ वैशाख २८ गते १२:०१

काठमाडौं । सांसद ऋषिकेश पोखरेलले मोरङमा वर्षाका कारण क्षतिग्रस्त ठाउँ अहिले पनि उस्तै रहेको भन्दै पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा पोखरेलले मोरङ जिल्लामा रहेका उत्तर-दक्षिण बग्ने विशेषत आठवटा खोलाकाे बाढीले अघिल्लो वर्ष भत्किएका ठाउँहरु र कटानले बिगारेका ठाउँहरु अहिलेसम्म अलपत्र अवस्थामा रहेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

मोरङ जिल्लामा रहेका उत्तर-दक्षिण बग्ने विशेषत आठवटा खोलाहरू रतुवा, मावा, बक्राहा, डाँस, चिसान, लुहान्द्रा, सिंगिया र केसलियाको बाढीले अघिल्लो वर्ष भत्किएकाे छ ।

उनले फेरि वर्षायाम सुरु हुन लागेकाले भयावह परिस्थिति सिर्जना हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया