सोमबार, वैशाख २९, २०८२

उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ : अर्थमन्त्री पौडेल

नेपालखोज २०८२ वैशाख २८ गते १३:११

काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरु समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसंग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिद्धत रहेको बताएका हुन् ।

उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका सिथिलतालाई अन्त्य गर्नका लागि ध्यान केन्द्रीत गरेको र त्यसका लागि आवश्यक कानून समेत निर्माण गरिएको जानकारी दिए ।

कानून संशोधनको प्रक्रियाका साथै निजि क्षेत्रका अन्य समस्या समाधान गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको भन्दै पौडेलले अहिले आयोगको सुझावका आधारमा सरकार अघि बढिरहेको बताए । आयोगको सुझावनलाई क्रमश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

उनले बजेटका साथै अन्य कानूनी संरचना निर्माण गरेर भएपनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताए ।

प्रतिक्रिया