एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
संस्थाका अनुसार यही बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेश का बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरि भव्य तरिकाले मनाएको हो । तीनवटै प्रदेश का शाखाहरु पाऊदुर ५१ जना , सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम भव्य तरिकाले सम्पन्न गरिएको संस्थाको भनाई छ ।
स्थानिय तहका जनप्रतिनिधीहरु, प्रहरीहरु, ३ वटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख र अन्य कर्मचारी समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालनहरु संस्थामा आवद्ध करिब दुई सय ४९ जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोे भएको संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया