सोमबार, वैशाख २९, २०८२

११ अंकले घट्दा १० अर्ब २० करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख २८ गते १५:३२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से घटेको छ । नेप्से आज ११ दशमलव ५३ अंकले घटेर २ हजार ६५० दशमलव ११ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव ५७ अंकले घटेर ४४६ दशमलव ३२ अंकमा झरेको छ । नेप्सेमा आज ३०० वटा कम्पनीको ८८ हजार ९५५ पटकको कारोबारमा दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब २० करोड २७ लाख एक हजार तीन सय ४४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये विकास बैंक समूहको सूचक ६७ दशमलव ५५ अंकले बढेर पाँच हजार ३८४ दशमलव २१ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक ४२ दशमलव १२ अंकले बढेर १३ हजार ३५२ दशमलव ५५ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक ८ दशमलव ७२ अंकले बढेर १२ हजार ६५३ दशमलव ८५ अंकमा चढेकोमा होटेल तथा पर्यटन र व्यापार समूहको सूचक क्रमशः ४१७ दशमलव ५६ र ९ दशमलव ०३ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने ६ दशमलव ८५ अंकले घटेर १ हजार ३१६ दशमलव ६९ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक ९४ दशमलव ६९ अंकले घटेर २ हजार ४५० दशमलव ७ अंकमा झरेको छ ।

यसैगरी जलबिद्युत समूहको सूचक ४६ दशमलव ११ अंकले घटेर तीन हजार ५९१ दशमलव ८१ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो सिन्धु विकास बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।

प्रतिक्रिया