बजेटको सिद्दान्त र प्राथमिकता संसद्मा पेश
नेपालखोज
२०८२ वैशाख २८ गते १६:२८

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता संसद्मा पेश गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेश गरेका हुन् ।
उनले संसद्ले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्दान्तहरुका आधारमा बजेट आउने बताए ।
सम्बन्धित
प्रतिक्रिया