बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्नेमा सांसदहरुकाे जोड

काठमाडाैं । सांसदहरुले बजेटलाई प्रतिफल दिने पूर्वाधारमा केन्द्रित गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै सांसदहरुले व्यवहारिक रुपमा जनताको मन छुने गरि अधिकतम प्रतिफल हासिल गर्ने गरि बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
छलफलमा भाग लिदै कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेट खर्च भएर मात्रै नहुने भन्दै त्यसले दिने प्रतिफल बजेटको मूख्य उदेश्य भएको बताउनुभयो । सीमित स्रोतबाट अधिक प्रतिफल दिने योजनामा बजेट परिचालन गर्नुपर्ने उहाले बताए । त्यस्तै उहाले नीतिगत स्पष्टता, कार्यान्वयन क्षमता वृद्धि र परिणाममुखी योजनाका साथ सरकार अघि बढ्नुपर्ने सुझाव दिए ।
त्यस्तै एमाले सांसद गोकर्णराज विष्टले नेपालमा देखिएको बिकासका गम्भीर चूनौतिलाई चिर्न सक्ने गरि सरकारले आगामी बर्षको बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया