पूर्णरुपमा सञ्चालन भयाे बीपी राजमार्ग
नेपालखोज
२०८२ वैशाख ३० गते १८:४८

काठमाडाैं । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरुपमा सुचारु भएको छ ।
अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग मङ्गलबार दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
राजमार्ग पूर्णरुपमा सुचारु भएपनि दुई पाङ्गे्र सवारी साधानलाई भने आवातजावत गर्न कठिन देखिएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया