साउदीसँग १४२ अर्ब डलरको हतियार सम्झौतापछि अमेरिकाले भन्याे- इतिहासकै सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता

काठमाडाैं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई ‘इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ ।
यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर ‘लगानी गर्न प्रतिबद्ध’ रहेको बताएको छ ।
रक्षा बिक्री सम्झौताको बारेमा, ह्वाइट हाउसले भन्यो, ‘संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे । लगभग ४१४२ बिलियनको, जस अन्तर्गत साउदी अरेबियालाई एक दर्जन भन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध उपकरण र सेवाहरू प्रदान गरिनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब आइपुगेका छन् । यहाँ उनले युवराज मोहम्मद बिन सलमानलाई भेटे । ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा छन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो । बीबीसी
प्रतिक्रिया