सिन्धु विकास बैकको सामाजिक उदरदायित्व कार्यक्रम

काठमाडौं । बनेपा काभे्रमा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैकको सहयोगमा वक्तृत्वकला प्रतियोगिता र बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व सम्बधी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय बाह्रविसेले नेपाल रेडक्रस सोसाइटी बाह्रविसे उप–शाखासँगको संयुक्त आयोजनामा यही वैशाख २९ गते बाह्रविसे नगरपालिका ०८ मा खुल्ला रक्तदान कार्यक्रम र श्री प्राइभेट प्याराडाइज मा.वि.मा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
श्री प्राइभेट प्याराडाइज मा.वि.मा आयोजित नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाह्रविसे नगरपालिकाका १० वटा विद्यालयका १८ जान विद्यार्थीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा २०० भन्दा बढि जनसमुदायको उपस्थिती रहेको थियो । सो वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १२,००० रूपैयाँ, द्धितिय हुनेलाई ९,००० रूपैयाँ र तृतिय हुनेलाई ६,००० रूपैयाँको नगद उपहार पनि प्रदान गरिएको थियो । साथै रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरी सहभागिता जनाएका थिए । बैकले आफ्नो सामाजिक उतरदायित्व कार्यलाई निरन्तरता दिने पनि जनाएको छ ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको २६ वटा शाखा सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया