बिहीबार, जेठ २, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्याे, अब कतिमा पाइन्छ ?

नेपालखोज २०८२ जेठ २ गते २०:५९

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ घटाउने निर्णय भएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया