चार दिनमा ३५ अर्ब ६५ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच

काठमाडौं । यो साता सेयर बजार परिसुचक नेप्से २६ सय ११ दशमलव ८५ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४० बिन्दुमा कायम भएको छ ।
यो साता तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ८२ हजार ४७० पटकको कारोबारमा आठ करोड १७ लाख ५९ हजार ३२६ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ३५ अर्ब ६५ करोड ७४ लाख ३२ हजार ३०२ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । गत साता तीन सय २२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार १२ लाख ४० हजार पाँच सय ४७ पटकको कारोबारमा ११ करोड ८९ लाख ३० हजार ५६७ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ४७ अर्ब ७९ करोड ५८ लाख सात हजार ६० रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये दोस्रो कार्यदिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से त्यसपछिका बाँकी दिनहरुमा लगातार घटेको थियो ।
दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ११ दशमलव ५३ अंकले ओरालो लागेर २ हजार ६५० दशमलव ११ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव ५७ अंकले ओरालो लागेर ४४६ दशमलव ३२ बिन्दुमा झरेको थियो ।
तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक १४ दशमलव ८७ अंकले ओरालो लागेर २ हजार ६३४ दशमलव २३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४१ अंकले ओरालो लागेर चार सय ४४ दशमलव ७२ बिन्दुमा झरेको थियो ।
चौंथो कारोबार दिन पनि नेप्से परिसुचक १३ दशमलव ९६ अंकले ओरालो लागेर २६ सय २० दशमलव २७ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले ओरालो लागेर ४४१ दशमलव ४४ बिन्दुमा खुम्चिएको थियो । पाँचौं कारोबार दिन पनि नेप्से परिसुचक ८ दशमलव ४१ अंकले ओरालो लागेर २ हजार ६११ दशमलव ८५ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४४ अंकले ओरालो लागेर ४४० बिन्दुमा झरेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदि परेकाछन् । सेयर कारोवार भएको संख्याको आधारमा यो साता पनि ङादी ग्रुप पावर लिमिटेड अगाडि देखिएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया