राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष र उपसभामुख बिच द्विपक्षीय भेटवार्ता

काठमाडाैं । उपसभामुख इन्दिरा राना मगरले र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी बिच द्विपक्षीय भेटवार्ता भएको छ । उपसभामुख राना मगरको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका उपाध्यक्ष सियाओ बिच होटल द्वारिकामा द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटमा उपसभामुख रानाले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गर्दै आएको बताईन । उनले नेपालको एक चीन सिद्धान्तप्रति प्रतिको प्रतिबद्धा दोहोर्याउँदै हाम्रो भूभाग चीनको हित विरुद्ध प्रयोग नहुने कुरा सुनिश्चित गर्न पनि उत्तिकै प्रतिबद्ध भएको जानकारी दिईन् ।
भेटका अवसरमा उपसभामुख रानाले पूर्वाधार, कनेक्टिभिटीदेखि स्वास्थ्य, शिक्षा र विपद्पछिको पुनर्निर्माणसम्मका हाम्रा राष्ट्र निर्माण प्रयासमा चीनको उदार सहयोगको लागि आभार पनि ब्यक्त गरिन । उनले नेपाल र जनवादी गणतन्त्र चीनबीच सदियौंदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताईन ।
उपसभामुख रानाले नेपालका विकास आकांक्षा, विशेष गरी कनेक्टिभिटी र पूर्वाधार विकासमा, साकार पार्न चीनको निरन्तर सहयोग चाहिने कुरामा जोड दिदै चीनलाई नजिकको मित्र र छिमेकीका साथै एक विश्वसनीय विकास साझेदारकोरूपमा नेपालले भरोसा गरेको बताईन ।
भेटमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, राष्ट्रिय सभा अन्र्तगत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्लोल्जेन शेर्पा, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायत सहभागी रहेका थिए । चिनियाँ पक्षबाट राजदूत छेन् सोङ्गसहित उच्च अधिकारी सहभागी रहेका थिए ।
प्रतिक्रिया