शुक्रबार, जेठ ३, २०८२

गाजामा अब क्यान्सरको उपचार असम्भब : डब्लुएचओ

नेपालखोज २०८२ जेठ ३ गते १७:२५

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरकको उपचार सेवा बन्द भएको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पताललाई गम्भीर क्षति पुर्याएको पुष्टि गर्दै हाल सेवाहरु बन्द गरेको जानकारी दिएका छन् ।

टेड्रोसले खान युनिशस्थित अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार, गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गरे । यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिए ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामका बारेमा चेतावनी दिँदै समाजिक सञ्जाल एक्समा उक्त अस्पताल अबुध रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जानकारी दिए ।

गाजामा बाँकी रहेका अधिकांश अस्पताल आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी काम गरिरहेको सङ्गठनले जनाएको छ । उनले स्वास्थ्य सुविधामा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनास गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया