जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी
नेपालखोज
२०८२ जेठ ४ गते १४:३३

डोटी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।
अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।
सम्बन्धित
प्रतिक्रिया