अमेरिकामा आँधीका कारण २१ जनाको मृत्यु, मृतककाे संख्या बढ्न सक्ने
नेपालखोज
२०८२ जेठ ४ गते २१:३६

काठमाडाैं । अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । अमेरिकी राज्य केन्टकीका अधिकारीहरूले आँधीका कारण १४ जनाको मृत्यु भएको बताएका छन् भने मिसौरीमा सात जनाको मृत्यु भएको छ, जसमा सेन्ट लुइस शहरका पाँचजना पनि समावेश छन् ।
शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा आँधी आएको थियो। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले ५,००० भन्दा बढी भवनहरूमा क्षति पुर्याएको बताएका छन् । घरका छाना उडेका छन् र विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरहरू प्रभावित भएका छन् । आँधीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर(घर गएर निरीक्षण भइरहेको अग्नि नियन्त्रण विभागले जनाएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया