आइतबार, जेठ ५, २०८२

आगलागीजन्य विपद् न्यूनीकरणका लागि धनगढीका आठ स्थानमा ‘फायर हाइड्रेन्ट’

नेपालखोज २०८२ जेठ ४ गते २१:५९

कैलाली । आगलागीजन्य विपद्का समयमा तत्काल पानी प्राप्त गरी प्रतिकार्य गर्ने उद्देश्यले यहाँको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका आठ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको छ ।

नगरप्रमुख गोपाल हमालले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि हाल विभिन्न आठ स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिएका बताए ।

उनका अनुसार धनगढी चौराहा, भौतिक पूर्वाधार विकास मन्त्रालय, भेटेरिनरी अस्पताल, जिल्ला प्रशासन, नेपाल राष्ट्र बैङ्क अगाडि, सहिद गेट, बुद्धचोक र शिवनगर गरी आठ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएका हुन् । उपमहागरले नगर क्षेत्रका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाइरहेको जनाइएको छ । -रासस

प्रतिक्रिया