आइतबार, जेठ ५, २०८२

राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको छ : सांसद गौतम

नेपालखोज २०८२ जेठ ५ गते १२:५६

काठमाडाैं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा गौतमले अहिलेको कांग्रेस-एमालेको सरकार, सरकार जस्तोगरि चल्न नसकेको र जनतामा निराशा छाएको भन्दै राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यता देखिएको बताएका हुन् ।

त्यस्तै, उनले संसद पनि प्रभावकारी हुन नसकेको, न्यायपालिकाबाट पनि जनता निराशा देखिएकाले अहिलेका समस्यालाई समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए । अव राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गर्दै जनतामा आशा र भरोसा पैदा गर्न सके मुलुकलाई एक ठाँउमा पुराउन सकिने उहाले बताए ।

उनले राष्ट्रिय सहमतिका लागि ढिलाई गरे मुलुकको व्यवस्थामा नै नकारात्मक असर पुग्ने जिकिर गरे ।

प्रतिक्रिया