आइतबार, जेठ ५, २०८२

मेयर बालेनले तोकेको जिम्मेवारी वडाध्यक्षहरुले गरे अस्वीकार

नेपालखोज २०८२ जेठ ५ गते १८:२०

काठमाडौं । काठमाडाैं । महानगरपालिकाका मेयर बालेन शाहले तोकेको जिम्मेवारी वडाध्यक्षहरुले अस्वीकार गरेका छन् ।

आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार गर्न नसक्ने जनाएका छन् ।

जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापती रहेका छन् । 

त्यस्तै विधायन समितिको जिम्मेवारी पाएकी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठसँग भने सम्पर्क हुन नसकेको भण्डारीले बताए ।

मेयर शाहले जेठ १ गते आफ्नो कदमको आलोचना गरेका वडाध्यक्षहरुको जिम्मेवारी खोसेर नयाँ वडाध्यक्षहरुलाई जिम्मेवारी तोकेका थिए ।

प्रतिक्रिया